
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
जलस्रोत तथा सिंचाइ विभाग
महेन्द्रनगर, कञ्चनपुर
| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | परिचय | महाकाली सिचाइ प्रणाली तराइको एउटा ठूलो सिचाइ प्रणाली हो। यस प्रणालीले सुदुर पश्चिम प्रदेश कञ्चनपूर जिल्लाका चार वटा स्थानियतहमा सिचाइ शेवा उपलब्ध गराउदै आइरहेको छ। महाकाली नदीको शारदा ब्यारेज(जुन १९२८ मा र्बिटीस इन्डियन सरकारले बनायको )बाट नेपाल र भारत सरकारको १९९६ को सम्झैता अनुसार बर्खायममा २८।३५ क्युमेक( १००० क्युसेक) १५ मे देखी १५ अक्टोबर सम्म र हिउदेयममा ४।२५ क्यमेक ( १५० क्युसेक) १६ अक्टोबर देखी १४ मे सम्म भारत सरकारबाट यस प्रणलीलाइ पानि उपलब्ध भइरहेको छ। यस प्रणालीलाइ शुक्लाफाटा राष्ट्रीय निकुन्जले दुइ भागमा बाडेको छ। महाकाली सिचाइ प्रणाली प्रथम चरणको निर्माण कार्य १९८८ मा सम्पन्न भएको हो। यस चरण अन्नरगत कञ्चनपुर जिल्लाका भिमदत्त नगरपालीका र बेदकोट नगरपालीको ५१०० हेक्टर सिक्षीत क्षेत्रफल रहेको छ। प्रथम चरण अन्तरगत मुल नहर हेडवक्स देखी दैजी सम्म रहेको छ। हेडवक्स देखी कालीकिच सम्मको मुल महरको लम्बाइ ३५।७५८ कि. मी.( बल्मा शाइफन सम्म २०।०५४ र बल्मा शाइफन देखी कालीकिच सम्म १५।७०४ कि. मी.) र डिजाइन डिस्र्चाज १००० क्युसेक (२८।३५ क्युमेक) रहेको छ । महाकाली सिचाइ प्रणाली द्धितीय चरणको निर्माण कार्य १९९७ मा सम्पन्न भयो। द्धितीय चरण अन्तरगत बेलडाडी गाउपालीका र बेलैरी नगरपालीको ६५०० हेक्टर सिचीत क्षेत्रफलमा यस प्रणाली द्धारा सिचाइ शुबिधा उपलब्ध भइरहेको छ। कालीकिचबाट मुल नहर दुइ तिर बाडिन्छ एक शिबनगर मुल शाखा नहर जसको लम्बाइ २१।१२७, सिचीत क्षेत्रफल ३४०० हेक्टर र डिजाइन डिस्चार्ज ३।४९ क्युमेक छ। अर्को बेलैरी मुल शाखा नहर (एम्३) जसको लम्बाइ १६।२४३ कि. मी. ,सिचित क्षेत्रफल ३१०० हेक्टर र डिजाइन डिस्चार्ज ३।५३ क्युमेक छ । | २०८२-०७-३० | — |